२९ जेष्ठ २०७८, शनिबार   |  June 12, 2021
advertisement of bishwo khabr
Tika Gurung

गण्डकी प्रदेशमा फेरि ढल्यो एमाले सरकार: मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

गण्डकी प्रदेशमा फेरि ढल्यो एमाले सरकार: मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ। नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको प्राप्त गर्न सकेन।

आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।

मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ।

मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्। ३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n