images
images
  • इतिहासमै पहिलो महिला सञ्चारमन्त्री बनिन् नैनकला थापा


    काठमाडौं । इतिहासमै पहिलोपटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर नैनकला थापाले प्राप्त गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सञ्चारमन्त्रीमा नैनकला थापाले विहीबार सपथ खाएकी छन् । यो इतिहासमै पहिलोपटक हो ।

    २०४८ सालयता ५५ जना पुरुषले सञ्चार मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।

    यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्षको कुशलतापूर्वक जिम्मेवारी सम्हालेका थापाले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको चुनौतीलाई कसरी सम्बोधन गर्लान भन्ने हेर्न बाँकी छ ।

    यस्तो छ उनको परिचय :

    नाम : नैनकला थापा
    जन्मस्थान : बुटवल
    हाल : चितवन
    शैक्षिक योग्यता : वि.ए., वि.एड.

    अनुभव :

    पूर्व शिक्षिका : कालिका मा.वि. बुटवल
    – नारायणी मा.वि. चितवन
    संगठन स् २०३५-०३६ विद्यार्थी आन्दोलनमा सहभागी
    २०३८ : नेकपा (चौम) पार्टी सदस्य
    २०३८ : अ.ने.म.संघ जिल्ला सचिव
    २०४२ : अ.ने.म.संघ केन्द्रयि महासचिव
    २०४७ : अ.ने.म.संघ केन्द्रीय संयोजक
    २०५०: एककिृत अ.ने.म.संघ केन्द्रीय महासचिव
    २०६४(२०६८ : राष्ट्रिय महिला आयोग अध्यक्ष
    – तत्कालिन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार
    – महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सम्वन्धी विज्ञ समुहको सदस्य

    प्रतिक्रिया दिनुहोस्
    images
    images