३० जेष्ठ २०७८, आईतवार   |  June 13, 2021
advertisement of bishwo khabr
Tika Gurung

जसपाका ३ नेतापछि नवनियुक्त मन्त्री राजकिशोरको वरियता, १० औं नम्बरमा

जसपाका ३ नेतापछि नवनियुक्त मन्त्री राजकिशोरको वरियता, १० औं नम्बरमा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) विस्तार गर्न लागेको मन्त्रिपरिषदमा जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादव पनि थपिंदै छन् ।

उनी महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा खुलेका नेता हुन् । जसपाले ओली सरकारमा सहभागी हुन १० मन्त्रालय मागेको थियो । तर, राजकिशोरको नाम पनि मन्त्री बन्ने सूचिमा रहेसँगै उसले ११ मन्त्रालय पाएको छ ।

जसपाका नेता राजकिशोर यादवको केपी ओली सरकारमा प्रवेश भएको छ । ओली नेतृत्वको सरकारमा उद्योगमन्त्री भएका उनको वरियता १० औं नम्बरमा रहेको छ । जसपाका तीन मन्त्रीपछि उनको वरियता परेको हो ।

उनीअघि जसपाका वरिष्ठ नेता समेत रहेका उपप्रधानमन्त्री राजेन्द्र महतोको वरियता चौथो नम्बरमा रहेको छ । यस्तै ऊर्जामन्त्री शरतसिंह भण्डारीको छैटौँ र अनिलकुमार झाको वरियता आठौं नम्बरमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n