images
images
  • नबिल बैंकको लाभांश घोषणा

    काठमाडौं- नबिल बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    नबिल बैंकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ११ प्रतिशत नगद लाभांश अर्थात प्रतिसेयर ११ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ। यसपालि बैंकले बोनस शेयर भने वितरण नगर्ने भएको छ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images