images
images
  • सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ ।

    बिहिबार प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

    त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images