६ असार २०७८, आईतवार   |  June 20, 2021
advertisement of bishwo khabr
Tika Gurung

फेरि मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, कसको भागमा कुन मन्त्रालय !

मन्त्रीपरिषद् बिस्तार: सात नेता आज मन्त्री बन्दै, कसको भागमा कुन मन्त्रालय !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक विस्तार गर्दैछन् । प्रधानमन्त्री ओलीले यसअघि पुनर्गठन गरेको मन्त्रिपरिषदमा सात मन्त्रालय खाली थिए । खाली भएका ती मन्त्रालयमा उनले नयाँ नेताहरुलाई मन्त्री बनाउने भएका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्रीको नाम पठाइसकेका छन् । नियुक्त नयाँ मन्त्रीहरुले आज साँझ चार बजे राष्ट्रपति कार्यालयमा सपथ लिँदैछन् ।

प्रधानमन्त्री ओलीले यसपटक गृह मन्त्रालयको जिम्मेवारी खगराज अधिकारीलाई दिँदैछन् । कास्कीका खगराज अधिकारी यसअघि स्वास्थ्यमन्त्री समेत भइसकेका थिए । उनी प्रधानमन्त्री ओलीका खास सहयोगीका रुपमा चिनिन्छन् ।

त्यस्तै, आजै नैनकला थापालाई प्रधानमन्त्री ओलीले सूचना तथा सन्चारमन्त्री बनाउँदै छन् । नैनकला थापा यसअघि महिला आयोगकी अध्यक्षसमेत भएकी थिइन् । उनी पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती हुन् ।

त्यस्तै, उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले जसपा नेता राजकिशोर यादवलाई दिँदै छन् । पछिल्लो समय जसपामा विरोध भइरहँदा यादवले महन्थ ठाकुर र राजेन्द्र महतोलाई सहयोग र समर्थन गर्दै आएका थिए । यादव मन्त्री भएसँगै यो मन्त्रिमण्डलमा जसपाका आठ नेता मन्त्री भएका छन् ।

त्यस्तै, माओवादीबाट एमालेमा आएको समूहबाट ज्वाला शाहले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएकी छिन् ।

प्रधानमन्त्री ओलीले यसपटक सामान्य प्रशासन मन्त्रालयमा गणेश पहाडीलाई नियुक्त गर्दैछन् । सिन्धुलीका सांसद पहाडी एमालेमा योगेश भट्टराई निकटका नेता मानिन्छन् ।

कर्णालीका सांसद मोहन बानियाँलाई पनि मन्त्री बनाउँदै छन् प्रधानमन्त्री केपी शर्मा ओलीले । ओलीले बानियाँलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिँदै छन् ।

सुदूरपश्चिमबाट एमाले सांसद नारादमुनी राना वनमन्त्री हुँदैछन् ।

प्रधानमन्त्री ओलीले यसपटक पनि रक्षा मन्त्रालयको जिम्मेवारी आफूसँग नै राखेका छन् । अहिले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा प्रधानमन्त्री ओलीले आशा विकलाई राज्यमन्त्रीको जिम्मेवारी दिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n