images
images
  • प्रदेश सभाबाट हटाइएकी ज्वालाकुमारी केन्द्रको कृषि मन्त्रीमा


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्।

    प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा ज्वालाकुमारी साह कृषि मन्त्री बन्न लागेकी छन्।

    साह तत्कालीन माओवादीबाट प्रदेश सभा-२ मा सांसद निर्वाचित भएकी थिइन्। बाराबाट सांसद निर्वाचित साह नेकपा हुँदा बाराकी सह-इन्चार्ज थिइन्।

    नेकपाको एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले उनीसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए।

    अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images