images
images
  • विश्वकप छनौटमा ब्राजिलको लगातार छैटौँ जित


    काठमाडौ । विश्वकप फुटबल २०२२ को दक्षिण अमेरिकी महादेशको छनौटमा ब्राजिलले शानदार प्रदर्शन कायमै राखेको छ। बुधबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई २-० गोलले हरायो।

    पाराग्वेको मैदानमा भएको खेलमा ब्राजिलका नेमार र लुकास पाक्वैटाले गोल गरे। नेमारले चौथो मिनेटमा गाब्रियल जिससको पास सदुपयोग गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।

    दोस्रो हाफको इन्जुरी समयमा नेमारकै पासमा पाक्वैटाले गोल थपेका थिए। ब्राजिल ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images