images
images
  • एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट, यी हुन अध्यक्षका आकांक्षी

    कैलाली- नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन हुँदैछ । धनगढी, कैलालीमा आजबाट सुरु हुने सुदुरपश्चिम अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

    त्यसका लागि अध्यक्ष ओली आजै धनगढी पुग्ने कार्यक्रम रहेको छ ।

    सो अधिवेसनमा अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

    सो अधिवेसनमा अध्यक्ष पदमा अहिलेसम्म कमल तिमिल्सेना, कृष्णप्रसाद जैसी र बच्चनबहादुर सिंहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गरिने, सहमतिमा पुग्न नसके निर्वाचनबाट टुङ्गो लगाउने एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनाए।

    अधिवेशनमा प्रदेशका ९ जिल्लाका ६ सय ७५ प्रतिनिधि सहभागी हुनेछन्। अधिवेशनले पदाधिकारीसहित १ सय ५५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ। उद्घाटनपछि हुने बन्द सत्रमा राजनीतिक तथा सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ।

    एमालेका सात भौगोलिक र एक गैह्र भौगोलिक प्रदेश कमिटी मध्ये छ वटाको अधिवेशन भइसकेको छ। जसमा सबभन्दा पहिला लुम्बिनी प्रदेशको अधिवेशन भदौको १६ र १७ गते भएको थियो। त्यसपछि भौगोलिकतर्फ बागमती, कर्णाली,कोशी र गण्डकी प्रदेशका अधिवेशन सम्पन्न भइसकेका छन्।

    गैह्र भौगौलिकतर्फ उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन पनि सम्पन्न भइसकेको छ। अब सुदूरपश्चिम र मधेस प्रदेशको अधिवेशन हुन बाँकी छ।
    अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि प्यानल अनुसार आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images