images
images
  • अब कागजात झिकाउने र एमिकस क्युरी बोलाउने प्रक्रियामा अदालत


    काठमाडौं। प्रतिनिधिसभा विघटनको रिटमा संवैधानिक इजलासमा अहिले सुनुवाई भैरहेको छ । दुई वरिष्ठ अधिवक्ताहरूले बहस गरेपछि न्यायधिशहरूले आन्तरिक छलफल गरेका छन् ।

    संवैधानिक इजालस गठन प्रक्रिया र विवाद सकेर अगाडी बढेको अदालत अबको प्रक्रिया भने संसद विघटन सिरुद्धको मुद्दामा केन्द्रित हुनेछ । त्यससम्बन्धी सरकारी सिफारिस, राष्ट्रपतिको निर्णय र देउवा तथा ओलीले बुझाएका दावीका कागजात मिति तोकेर मगाउने, एमिकस क्युरी बोलाउनेजस्ता प्रक्रिया भने अघि बढ्नेछ ।

    यसअघी गठन गरिएको इजलासमा संलग्न दुई न्यायाधीशको न्यायिक निष्पक्षतामाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले वरिष्ठतम् न्यायाधीशहरूलाई समेटेर अर्को इजलास गठन गरेका थिए ।

    दोस्रो पटक गठित इजलासबारे सत्तापक्षले असन्तुष्टि जनाएपछि बिबाद थप चर्किएको थियो । तर अब भने अदालत त्यस बिषयमा नरोकिने र यसबारे कसैको पनि कुरा नसुन्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images