images
images
  • सडकमै सुते आन्दोलनरत राहत शिक्षक !

    काठमाडौं- सरकारले आफूहरूको माग पूरा नगरेको भन्दै राहत शिक्षकहरूले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको बिजुलीबजार क्षेत्रमा सोमबार सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

    विभिन्न शिक्षक संगठनहरूसँग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरूका विषयमा भने कुनै सुनुवाइ नभएको भन्दै विरोध जनाएका हुन् ।

    २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाइ नरहेको उनीहरूको भनाइ छ ।

    सरकारसँगको वार्ताका क्रममा आफ्ना माग र मुद्दाहरू अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरूलाई स्वीकार्य नभएको उनीहरूको आरोप छ ।

    नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति लगायतले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images