images
images
  • प्रधान सेनापति शर्मा भारत प्रस्थान, दिल्लीमा ३० देशका सेना प्रमुख भेला हुँदै

    काठमाडौं- प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। नयाँ दिल्लीमा आयोजना हुने १३ औं इन्डो–प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लीन शर्मा भारत गएका हुन्।

    शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गरेका छन्। बिदाईमा रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो।

    भारत प्रस्थान गर्नु पूर्व आजै प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

    Senapati 2

    नयाँदिल्लीमा ३० देशका सेना प्रमुख भेला हुँदै
    हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गतेसम्म भारतको राजधानी नयाँदिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन (१३ औं इन्डो–प्यासिफिक आर्मी चिफ कन्फरेन्स) हुने भएको छ ।

    सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिने भारतीय सेनाका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।

    आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिक/आतङ्कवादी गतिविधि हुन नदिन सूचना आदानप्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तररुपमा अघि बढाउन सम्मेलन महत्वपूर्ण हुने भारतीय सेनाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images