images
images
  • तीन शीर्ष नेतालाई भट्टराई प्रश्न- एमालेका नेता आपसमा नमिल्ने तर विरोधीसँग मिल्न तयार हुने किन ?

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकताको समस्या तीन शीर्ष नेतामै रहेको निष्कर्श निकालेका छन् ।

    पछिल्लो समय मध्यमार्गी धारमा रहेर पार्टी एकताको लागि सघन छलफलमा रहेका भट्टराईले आज विहान आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालकै कारण एमाले एकता हुन नसकेको दावी गरे ।

    नेता भट्टराईले पार्टीका शीर्ष नेता आफूहरु नमिल्ने तर विपक्षी दलसँग गठबन्धन गर्न तयार हुने समस्याले नै एमाले एकता हुन नसकेको बताएका छन् ।

    उनले ओली आफ्नै पार्टीका नेतासँग सहकार्य गर्न तयार नहुने तर जनता समाजवादी पार्टीका नेताहरुसँग गठबन्धन तयार हुने प्रवृत्ति देखिएको टिप्पणी गरे । त्यस्तै खनाल र नेपाल पनि आफ्नै पार्टी अध्यक्ष ओलीसँग मिल्न तयार नहुने तर विपक्षी गठबन्धनसँग सत्ता साझेदार गर्न तयार हुँदा समस्या देखिएको बताए ।

    ‘एमालेको एकताको मूल जड भन्दै भट्टराई फेसबुकमा लेखेका छन्, ‘कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।’

    नेता भट्टराईले कसले किन र केका लागि शीर्ष नेताहरुले यस्तो गर्दैछन् ? भन्दै प्रश्न गरेका छन् ।

    ‘कस्ले, किन र के कालागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहिं छ,’ उनले भने, ‘यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निष्कर्शका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।’

    पार्टी एकता कायमै राख्न एमालेका दोस्रो तहका नेताहरु सक्रिय छन् ।

    Yogesh bhattrai status

    प्रतिक्रिया दिनुहोस्
    images
    images