images
images
  • बिहारबाट नक्कली प्रमाणपत्र ल्याई पढाउने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं- भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याई सरकारी विद्यालयमा पढाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    नुवाकोटको विदुरस्थित श्री कन्यादेवी आधारभूत विद्यालयकी प्रावि तृतीय शिक्षक मञ्जुकुमारी थापा (ओझा)विरुद्ध सोमबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    २०७५ चैत २९ गते कन्या देवी आधारभूत विद्यालयमा स्थायी नियुक्ति हुनका लागि विहार संस्कृत शिक्षा बोर्ड, भारतबाट मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ ।

    थापालाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images