images
images
  • मुख्यमन्त्रि भट्टलाई बधाई दिँदै भीम रावलले भने- विधान मिच्नेले नैतिकताको शिक्षा लिने कि ?


    काठमाडौं । एमाले नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिन सफल भएकोमा बधाई दिएका छन् ।

    रावलले भट्टबाट नैतिकताको शिक्षा लिने कि भन्दै प्रश्न गरेका छन् । मुख्यमन्त्री भट्टलाई विश्वासको मत पाएकोमा बधाई दिँदै विधि विधान मिच्नेलाई नैतिकताको शिक्षा लिन सुझाएका समेत छन् ।

    “सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई ! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?”, उनले ट्विटमा लेखेका छन् ।

    भट्टले आज विश्वासको मत पाएका छन् । जसका लागि एमालेको खनाल–नेपाल समूहका १७ सांसदले विश्वासको पक्षमा मत हालेका थिए ।

    मुख्यमन्त्री भट्टले आजै विश्वासको मत पाएका हुन्

    Bhim tweet

    प्रतिक्रिया दिनुहोस्
    images
    images