काठमाडौं- कम्प्युटर एसोसिएसन नेपाल महासंघले ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ आवेदन खुल्ला गरेको छ ।
विधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको आंशिक तथा पूर्ण छात्रवृत्ति यस वर्ष पनि ४९ जना विद्यार्थीले पाउने महासंघले बताएको छ ।
जसमा नेपालको प्रत्येक प्रदेशबाट एकजना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने महासंघको भनाई छ ।
महासंघकाअनुसार, उक्त छात्रवृत्तिका लागि नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सोसरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएको हुनुपर्ने छ ।विगत
चार वर्षदेखि सञ्चालित यस छात्रवृति कार्यक्रमअन्तर्गत हालसम्म एक सय १० जना विद्यार्थी लाभान्वित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्





















