काठमाडौं- नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले लामो समयदेखि नियमित नरहेको प्रहरी निरीक्षकहरुको सरुवालाई मापदण्ड बनाएर एकैपटक मंगलबार ९५८ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले काठमाडौँ शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका प्रहरी निरीक्षक अच्युत गिरीलाई ट्राफिक प्रहरी वृत्त नयाँ वानेश्वरमा सरुवा गरेको छ भने नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका अच्युत आचार्यलाई जिल्ला ट्राफिक कार्यालय कावासोतीमा पठाएको छ ।
मापदण्डमा क श्रेणीको कार्यालयबाट फेरि ‘क’मै सरुवा नगर्ने, कार्यालय प्रमुख रहेको व्यक्तिलाई लगत्तै अर्को कार्यालय प्रमुखमा नखटाउने तथा बढुवालगत्तै कार्यालय प्रमुखमा नखटाउने प्रावधान छन् ।
हेर्नुस् सूची:
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/08/sarauwa-ispetor.pdf





















