images
images
  • सशस्त्रमा राजनीतिक चलखेल सुरू, बढुवाको लबिङमा विवादास्पद पृष्ठभूमिका एसपीहरू

    काठमाडौं- सशस्त्र प्रहरी बलमा रिक्त १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (सएसपी) पदको बढुवामा बढुवा समितिले सिफारिस गर्ने तयारी गरिरहेका बेला राजनीतिक चलखेल सुरू भएको छ ।

    सशस्त्र प्रहरीका एसपीहरू काम छाडेर गृहमन्त्रालयमा धाउन थालेका छन् । सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले राजनीतिक व्यक्तिलाई भेटघाट गरेमा वा गृहमन्त्रालय जाँदा असम्बन्धित मन्त्रालय गएको भेटिएमा कारबाही गर्ने चेतावनी दिए पनि पँहुचवाला राजनीतिक व्यक्तिको घर घरमा एसपीहरू पुगेका छन् ।

    बढुवा समितिले सिफारिस गर्ने तयारी गरिरहेका बेला स्वतः उम्मेदवारहरूले बढुवा हुनका लागि राजनीतिक लबिङमा लागेका छन् । केही व्यक्तिको राजनीतिक लबिङका कारण बढुवा प्रक्रिया धकेलिएको छ ।
    सशस्त्रमा १२ वरिष्ठ उपरीक्षकका लागि १९ प्रहरी उपरीक्षकले आवेदन दिएका छन ।

    सशस्त्र प्रहरी उपरीक्षकहरू राजेश उप्रेती, गंगाराम श्रेष्ठ, भरत खनिया, ध्रुव कार्की ,रमेश पाण्डे, तीर्थराज पौडेल,रविनराज करन्जीत,विरसिंह साहु, जनक पुरी,नेत्र कार्की, सूर्य सेन ओली, तेजप्रसाद पोख्रेल, यादव विक, विकाश घिमिरे, टोपबहादुर खनाल,नरेन्द्र बम,अशोक बम,जहरसिंह बोहोरा र बिरेन्द्र ऐरले बढुवाका लागि आवेदन दिएका छन ।

    यी बाहेक पछिल्लो टोलीका केहीले समेत आवदेन दिएपनि उनीहरूको बढुवा हुने सम्भावना न्यून रहेको छ ।

    विगतमा आर्कषक स्थानमा बसेर चुस्त कमाएकाहरूलाई अप्ठेरो परेपछि उनीहरू गृहमन्त्रीका दाजु मानकाजी श्रेष्ठको शरणमा परेका छन् । त्यस्तै इन्टेलीजेन्स ब्यूरोमा रहेका विकास घिमिरे पनि शक्तिकेन्द्रको दौडमा छन् ।

    सशस्त्रका केही विवादास्पद पृष्ठभूमि भएका एसपीहरूले बढुवा पाउनका लागि राजनीतिक लबिङ गरेका कारण राम्रा उम्मेदवारहरू बढुवा पाउनबाट बञ्चित हुने अवस्था आएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल कार्यक्षमताका आधारमा बढुवा गर्ने मनस्थितिमा रहेका छन् ।सूर्य सेन ओली प्रहरी नायव उपरीक्षक हुँदा जाउलाखेलमा ट्राफिक प्रहरीसँग झगडा गरेपछि थुनामा परेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images