काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विद्यावारिधि (पीएचडी)का लागि फेलोसिप पाएका छन ।
काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको जानकारी उनले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत गराएका छन । बालेनले पर्यटन र अर्थतन्त्र प्रवद्र्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्न लागेका हुन ।
नगर प्रमुख साहले काठमाडौँ विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडीका लागि आवेदन दिएका थिए ।
उक्त फेलोसिपका लागि छनोट भएको जानकारी गराउँदै केयूले लेखेको पत्र सार्वजनिक गर्दै मेयर शाहले धन्यवाद समेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस्





















