images
images
  • झापामा कैदीबन्दीबीच झडप, कारागारमै लगाए आगो

    झापा-  जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा कारागारभित्र आगलागी समेत भएको छ ।

    कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रिएका हुन्।

    कारागारभित्र ढुंगा हानाहान भइरहेको छ। कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको देखिन्छ

    भद्रपुर, मेचीनगर र विर्तामोडको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको छ। थप विवरण आउन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images