images
images
  • अब वर्ल्ड लिंकले पब्जी गेमरलाई तीव्र गतिको इन्टरनेट उपलब्ध गराउने

    काठमाडौं- चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका लागि उच्च गतिको इन्टरनेट उपलब्ध गराउने गरी सहकार्य गर्न औपचारिक सम्झौता गर्दै पब्जी मोबाइलले नेपालमा गेमिङमा अभूतपूर्व परिवर्तन गर्ने घोषणा गरेको छ ।

    विश्वको अग्रणी मोबाइल गेमका रुपमा चिनिएको पब्जी मोबाइल र नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकबीच एक सम्झौतामा हस्ताक्षर भएको छ ।

    नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै जाँदा पब्जीले नेपालमा वर्ल्ड लिंकसँग औपचारिक सहकार्य थालेको हो । पब्जीका अनुसार नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् ।

    ‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा छ, गेम खेल्नेहरुको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ’ वर्ल्डलिंकका सीईओ केशव नेपालले भने, ‘यो सहकार्य त्यसकै लागि हो ।’

    उनका अनुसार अब यो गेम खेल्दा गेमरले उच्च गतिको इन्टरनेट सुविधा पाउनेछन् । गेमरले अहिले पाइरहेको इन्टरनेट स्पिडलाई बढाउने गरी दुई कम्पनीले समझदारी गरेका हुन् ।

    दुई कम्पनीले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपूर्व कदमको रूपमा व्याख्या गरेका छन् । यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्ने उनीको दाबी छ ।

    टेनटेक साउथ एसिया पब्लिसिङले पनि इकोसिस्टम परिवर्तनसँगै मोबाइल गेमिङको लागि नेपाल प्रमुख क्षेत्र बनेको बताएको छ ।

    उसका अनुसार पब्जी खेलका प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएको पीएमजीसीमा डीआरएस, डेडआइज गाइज, स्काइलाइट्न गेमिङ र टीटूकेजस्ताले गरेको प्रदर्शनले नेपालमा पब्जीको प्रवर्द्धनको सम्भाव्यता देखाएको छ ।

    ‘यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवम् आनन्द समेत मिल्छ,सीआर–सेभेन/फोरकेगेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएका छन्, र हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु पनि हो,’ टेनटेक साउथ एसिया पब्लिसिङले भनेको छ, ‘हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छौं ।’

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images