images
images
  • भरतपुरको मुख्य सडक क्षेत्रमा भूमिगत विद्युतीय तारहरुको निर्माण तिव्र

    भरतपुर- भरतपुर महानगरपालिकाका मुख्य सडक क्षेत्रमा भूमिगत विद्युतीय तारहरुको निर्माण तिव्र रुपमा भइराखेको छ ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य सडक क्षेत्रमा भइरहेको भूमिगत विद्युतिकरणको निरीक्षण गरेकी छिन् ।

    भरतपुरको मुख्य सडकमा विद्युत, ईन्टरनेट, टेलिफोन लगायतको तारलाई भूमिगत गर्ने काम भईरहेको छ ।

    प्रमुख दाहालले भूमिगत आयोजनाका कर्मचारीसँग अहिले भईरहेको कार्य प्रगति र काम भईरहेको स्थानबारे जिज्ञासा राखेको थिइन्। अहिले ६ लेन सडक र बाईपास सडकमा धमाधम काम भईरहेको छ । आयोजनाका अनुसार अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । यो वर्षभित्र काम सक्ने गरी काम भईरहेको आयोजनाले जनाएको छ ।

    दाहालले विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यतालाई बढाएर स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने बताइन् ।

    भरतपुरमा निर्माणधिन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ। आयोजनाका अनुसार पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images