images
images
  • त्रिविको चेतावनी: नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने

    काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नवीकरण नगर्ने क्याम्पससँग स्पष्टीकरण माग गरेको छ ।

    सोमबार एक सूचना जारी गर्दै त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले क्याम्पसलाई नवीकरण नगर्नुको कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा पेश गर्न भनेको हो ।

    विभिन्न सङ्काय तथा संस्थानहरूको प्राज्ञिक नियन्त्रणमा रही कार्यक्रमहरू सञ्चालन गरेका क्याम्पसमध्ये कतिपयले हालसम्म नवीकरण गरेका छैनन् । ती क्याम्पसहरूलाई त्रिविको नियमानुसार खारेजी किन नगर्ने भनेर त्रिविले स्पष्टीकरण सोधेको हो ।

    यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्नेसमेत त्रिविले चेतावनी दिएको छ । यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने पनि जनाइएको छ ।

    नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ । नवीकरण भएका क्याम्पसको विवरण आफ्नो वेबसाइटमा राखेको त्रिविले जनाएको छ ।

     

    tu

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images