images
images
  • हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस मनाउने सरकारको निर्णय


    काठमाडौं । सरकारले हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको छ ।

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा हालै बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

    यस्तै परराष्ट्र मन्त्रालयको प्रस्तावमा सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images