images
images
  • सुनको मूल्य प्रति तोलामा १५ सय रुपैयाँ घट्यो

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ।

    बिहीबार सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज यता चाँदीको मूल्यमा पनि प्रतितोला ३५ रुपैयाँले गिरावट आएको छ।

    चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भैरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images