images
images
  • सांसद केशव राय चौधरी एमालेमा प्रवेश

    काठमाडौं- प्रभु साह नेतृत्वको आमजनता पार्टी परित्याग गरी केशव राय चौधरी एमालेमा प्रवेश गरेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित चौधरी शुक्रबार एमाले प्रवेश गरेका हुन् ।

    मधेस प्रदेशको राजधानी जनकपुरमा शुक्रबार एक समारोहका बीच नेकपा एमालेका केन्द्रीय सदस्य, मधेस प्रदेशका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार मन्त्री सरोज यादवको पहलमा चौधरीलाई एमाले पार्टीको सदस्यतासहित टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

    मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रभु साह एमाले पार्टीको टिकट पाकेटमा राखेर प्रतिनिधिसभा तर्फ स्वतन्त्र उम्मेदवारी दिएपछि उनीसँगै कुन्दन कुश्वाहाले पनि एमालेको टिकट छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    प्रभु साहको समर्थन पाएका प्रदेश सांसदका स्वतन्त्र उम्मेदवार केशव राय चौधरी निर्वाचित भएका थिए भने अर्का स्वतन्त्र उम्मेदवार कुन्दन कुश्वाहा पराजित भएका थिए । निर्वाचन पछि प्रभु साहले गठन गरेको आमजनता पार्टीमा कुश्वाहालाई विभागीय सङ्गठन प्रमुखको जिम्मेवारी दिइएको थियो भने चौधरी पार्टीको केन्द्रीय सदस्य रहेका थिए ।

    शुक्रबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेको सदस्यता लिएर चौधरीले प्रभु साहको साथ छाडेका हुन् ।
     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images