काठमाडौं- १ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाको शब आज काठमाडौं ल्याइएको छ ।
उनीहरूको शबलाई हेलिकोप्टरमार्फल काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अन्य २४ जनाको शब भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ ।
जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।
कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएको र डिएनए परीक्षण समेत गर्नुपर्ने भएकाले काठमाडौं ल्याइएको हो ।
विमानमा ७२ जना सवार थिए त्यसमध्ये ७० जनाको मात्रै शब फेला परेको छ । बाँकी दुई जनालाई अझै फेला पार्न सकिएको छैन ।









प्रतिक्रिया दिनुहोस्





















