काठमाडौं- नेपालको पहिलो मोडुर्ल किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङ् प्रा लि।ले यही पौष २२ गते देखि फर्निचर मेला आयोजना गर्ने भएको छ।
घर बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने फर्निचरहरु बिभिन्न डिजाईनका साथ मेलमा देख्न पाइनेछ । मेला काठमाडौंको रसिएन कल्चर,कमल पोखरीमा पौष २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
काठका बिभिन्न फर्निचरहरु उपोभोक्ताले एकै स्थानबाट खरिद गर्न सकिने ब्यवस्था मिलाईएको आयोजक बेटर होम्स फर बेटर लिभिङ् प्रा लिकी कार्यकरी निर्देशक दृष्टि हमाल ठकुरीले बताइन् ।
मेलमा काठका फर्निचरहरुमा आरम्दायी सोफा सेट, क्लासिक बक्स पलङ ,सादा पलङ, डाइनिङ टेबल, आधुनिक झ्याल ढोका, कुर्सी टेबल दराज लगाएतका सामाग्री राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















