images
images
  • सुनको मूल्य वर्षकै उच्च, कतिमा हुदैछ कारोवार ?

    काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य यो वर्षकै सबैभन्दा उच्च कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ ।

    सुनको मूल्य यस दिन तोलामा ३०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन तोलाको एक लाख दुई हजार ६०० मा कारोबार भएको थियो । यो वर्ष यसअघि गएको वैशाखमा तोलाको एक लाख दुई हजार ५०० रुपैयाँसम्म कारोबार भएको थियो ।

    बुधबार तेजाबी सुन तोलाको एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images