• एमालेका १६ जनसंगठनको अपिल : पार्टीविरोधी तत्त्वलाई कारबाही गरे स्वागत गर्छौं


    काठमाडौं । नेकपा (एमाले)का १६ जनसंगठन प्रमुखहरूले पार्टीविरोधी तत्त्वहरूलाई कारबाही गरे खुसी हुने बताएका छन् ।

    उनीहरूले सामूहिक विज्ञप्ति निकालेर केपी ओलीका विरुद्धमा अनेक वितण्डा मच्चाउन उद्धत् पार्टीविरोधी तत्त्वलाई तह लगाउन आवश्यक रहेको निष्कर्ष निकालेका हुन् ।

    “हामी आवद्ध सम्पूर्ण जनसमुदायलाई मूल पार्टीको पक्षमा दृढतापूर्वक उभिई स्थिरता, विकास र समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकजुट भई लाग्न अनुरोध गर्दछौं ।

    जनताको आशा र भरोसाका केन्द्रको रुपमा रहेको नेकपा (एमाले) लाई तोड्ने र कमजोर पारेर विखण्डनको दलदलमा फसाउन चाहने कुनै पनि प्रकारका नकारात्मक गतिविधिहरुका विरुद्धमा सशक्त ढंगले लाग्न पनि आम कार्यकर्तालाई अपिल गर्दछौं,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

    एमालेका जनसंगठनहरूले संसद् विघटन संविधानसम्मत भएको ठहर गरेका छन् । “संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट भएको प्रतिनिधिसभा विघटनका सन्दर्भमा हाम्रो ध्यान आकृष्ट भएको छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    Bishwokhar.com || News from Nepal
    images
    SKIP THIS