images
images
  • बाल दिवस: पाँच वर्षमा २८ सय ४८ बालबालिकाले गरे आत्महत्या

    काठमाडौं- बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित आज देशभर विभिन्न कार्यक्रम गरेर ५८ औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ ।

    नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको छ ।

    वर्तमानका साझेदार एवं भविष्यका कर्णधार मानिने बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष लागि पर्नको लागि बाल दिवस मनाइरहँदा बालबालिकाहरूको आत्महत्याको ग्राफ पछिल्ला वर्षहरूमा उकालो लाग्दै गइरहेको छ ।

    नेपाल प्रहरीबाट केटिएम दैनिकले प्राप्त गरेको विगत पाँच आर्थिक वर्षको तथ्याङ्क हेर्दा दुई हजार ८४८ बालबालिकाले आत्महत्याको बाटो रोजेको देखिन्छ । यसरी ज्यान गुमाएमा एक हजार १०६ बालक र एक हजार ७४२ बालिका रहेका छन् ।

    आर्थिक वर्ष २०७४ र ७५ सम्म वार्षिक २५५ जनाले बालबालिकाले आत्महत्या गरेकोमा पछिल्लो आ।वमा यो सङ्ख्या झण्डै तीन गुणाले बढेको छ । आ.व. ०७५र७६ मा ४५९, आ.व.०७६र७७ मा ६६१, आ.व. ०७७र७८ मा ७६४ र पछिल्लो आ।व ०७८ र ७९ मा ७०९ जना बालबालिकाहरूले आत्महत्या गरेका छन् ।

    child su 2

    विगत पाँच आर्थिक वर्षमा आत्महत्या गर्ने बालिबालिकाहरूको सङ्ख्या ।

    प्रहरी तथ्यांकअनुसार हरेक दिन औसतमा दुई बालबालिकाले आत्महत्या गर्छन् । नेपालमा बालबालिकामा आत्महत्या प्रवृत्ति डरलाग्दो रूपमा बढेको छ ।

    प्रविधिको बढ्दो प्रयोग र कामकाजी अभिभावकको कारणले गर्दा बालबालिकाहरूमा मोबाइलर ग्याजेट्सको लत बढ्दै गएको छ ।

    सानै उमेरमा प्रेम(सम्बन्धमा गाँसिने र समस्या आएपछि आत्महत्याका घटना पनि देखिएको मनोविद गोपाल ढकाल बताउँछन् । उनले भने ‘आफ्ना सन्तानले सामाजिक सञ्जालको प्रयोग कसरी गरिरहेका छन् भन्ने विषयमा अभिभावकले हेक्का राख्नु जरुरी छ ।’ -काठमाडौं दैनिकबाट

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images