images
images
  • सगरमाथाको सफल आरोहण गरेर फर्किए बहराइनका राजकुमार अल खलिफा


    काठमाडौँ । हराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका गरेका छन् । आरोहणपछि राजकुमार अल खलिफा स्वदेश फर्किएका छन् ।

    राजकुमार अल खलिफासहितको टोली बहराइनको विशेष विमान मार्फत मंगलबार स्वदेश फर्किएका हुन् । उनलाई लिन बहराइनबाट विशेष विमान सोमबार नै काठमाडौँ आएको थियो ।

    राजकुमार अल खलिफाले गएको वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ४० मिनेट जाँदा सगरमाथाको चुचुरामा पाइला टेकेको थियो ।

    आरोहण मार्ग डोरी लगाउने कामी रिता शेर्पासहितको १२ सदस्यीय शेर्पा टोली पछि राजकुमार खलिफाको समूह सिजन सगरमाथामा पुग्ने पहिलो समूह बनेको थियो ।

    राजकुमार खलिफासहिले विगतको भन्दा उचाई बढेको सगरमाथा चढेका हुन् । गत वर्ष नेपाल र चीनले संयुक्त रुपमा गरेको मापनमा सगरमाथाको उचाइ केही बढेर ८ हजार ८४८.८६ मिटर पुगेको थियो । त्यसअघि सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर थियो ।

    राजकुमार खलिफाले यसअघि गएको वर्ष लोबुचे र मनास्लु हिमाल चढेका थिए । उनलाई नेपाल सरकारले सोमबार सम्मानित पनि गरेको थियो ।विमानस्थलमा राजकुमार अल खलिफालाई लोकबाजा टुङ्ना र थाङ्का उपहार स्वरुप प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images