२९ जेष्ठ २०७८, शनिबार   |  June 12, 2021
advertisement of bishwo khabr
Tika Gurung

आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षा गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षा गर्न शिक्षा मन्त्रालयको प्रस्ताव


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्षमा झैँ आन्तरिक मूल्यांकन विधिअनुसार नै गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ ।

सोमबार बसेको मन्त्रालयको बैठकले गत वर्षजस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।

गत वर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछ अन्तिम समयमा परीक्षा स्थगित गरी आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरिएको थियो ।

अब मन्त्रिपरिषद् बैठकले सो प्रसताव पारित गरेपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n