images
images
  • निर्वाचन भयरहित र निष्पक्ष हुन्छ: आईजीपी सिंह

    जनकपुर- नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन भयरहित र निष्पक्ष हुने बताएका छन् ।

    जनकपुरधाममा मंगलबार आयोजना गरिएको प्रदेशस्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै सिंहले भने, ‘भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउनु नै प्रहरीको एक मात्र उदेश्य हो ।’

    अपराध अनुसन्धानको सवालमा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय निरुपण गर्नेबिच कहिलेकाही एक अर्कालाई आक्षेप लगाउने काम हुने गरेको भन्दै तिनै निकायबिचको समन्वय राम्रो हुनुपर्ने बताए ।

    उनले अपराध अनुसन्धानलाई सहज बनाउन नै यो गोष्ठीको आयोजना गरिएको उनले बताए ।पछिल्लो समयमा धेरै अपराध प्रविधिसँग जोडेर हुन थालेको भन्दै उनले प्रदेशस्तरमै साइबरसम्बन्धी उजुरी दर्ता गर्ने व्यवस्था मिलाउन प्रदेशका गृह तथा संचार मन्त्रीसँग आग्रह गरे ।

    अपराध अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले पहिला अपरिचित व्यक्तिबाट अपराध हुने भए पनि अहिले चिनजानकै व्यक्तिबाट हुन थालेको बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images