images
images
  • राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाबारे पुनर्विचार गरौँ : कमल थापा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

    उनले सामाजिक सँजाल ट्विटद्धारा राजसंस्था हटाएर देश र जनता बलिया नभएका भनदै थापाले पुनः राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

    ‘१३ वर्षअघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतीक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो । राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्, तसर्थ, राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाबारे पुनर्विचार गरौँ’ उनले भनेका छन् ।

    उनले भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको पनि बताए ।

    Tweet

    प्रतिक्रिया दिनुहोस्

    images