images
images
  • एक वर्षमा ३ अर्ब ७१ करोडको मदिरा आयात

    काठमाडौं- साढे तीन महिनासम्म आयात प्रतिबन्ध लागेको आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपालमा आयात भएको छ । यो आयात गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो ।

    यस बापत सरकारले ५ अर्ब ५० करोड ८९ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७७/०७८ मा नेपालले २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको ६१ लाख ५६ हजार ३३८ लिटर मदिरा आयात गरेको थियो ।

    १३ चैत २०७८देखि सरकारले रक्सी आयात रोकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images