images
images
  • सेयर बजारमा दोहोरो अंकको गिरावट, सबै समूह राताम्मे

    काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो।

    सेयर कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक २७.२६ अंकले घटेको छ।

    मौद्रिक नीति कसिलो आउने आशंकामा रहेका लगानीकर्ताको मनोबल घट्दा बजारले नकारात्मक प्रतिक्रिया दिएको हो।

    नेपाल राष्ट्र बैंकले आज बेलुका ४ बजे चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ।

    आज नेप्से २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा पुगेको छ। नेप्से ओरालो लागेसँगै बिहीबारको तुलनामा कारोबार रकम घटेको छ।

    यसदिन २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता सेयर १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँमा कारोबार भयो। बिहीबार १ अर्ब ६४ करोड बराबरको सेयर कारोबार भएको थियो। कारोबारमा आएका सबै समूहको सूचक घटेको छ।

    यसदिन कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको २१ करोड बढीको सेयर कारोबार भयो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images