images
images
  • प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, यस्तो छ आजको बजारभाउँ

    काठमाडौ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ हजारले ओरालो लागेर ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएका थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर १ हजार १५५ तोकिएकोे छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images