images
images
  • कुमारी बैंक र होटेल ए-१ लभ्ली स्टारबीच सम्झौता

    काठमाडौँ– कुमारी बैंक लिमिटेड र लमही, दाङ्गस्थित होटेल ए–१ लभ्ली स्टारबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई होटेल ए–१ लभ्ली स्टारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

    डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले उक्त सहकार्यमार्फत होटेल ए–१ लभ्ली स्टारका विभिन्न सेवाहरूमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिटरक्रेडिट कार्डवाहकले उक्त होटेलको लजिङ्ग शुल्कमा १५५ र फुडिङ्ग शुल्कमा १०५ सम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

    कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटीएम, ४८ शाखारहित बैंकिङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्