• सरकारी कर्मचारीको बढेपछिको मासिक तलव यस्तो छ , कसको कति ? (सूचीसहित)

    काठमाडौँ । सरकारले सबै कर्मचारीको तलब २ हजार रूपैयाँ बढाएको छ ।

    कर्मचारीको दर्जा अनुसार प्रतिशतले तलब बढाइने गरेकोमा यसपटक कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मको तलव समान २ हजार रुपैयाँ बढाइएको हो ।

    बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेलले तलबमानमा अपेक्षा गरे अनुसार वृद्वि गर्ने अनुकुल परिस्थिती नभए पनि मनोबल उच्च बनाउन सबै कर्मचारिको तलव २ हजार रूपैयाँले बढाएको बताएका छन् ।

    बढेको तलब २०७८ साउन १ गतेदेखि लागू हुनेछ ।

    बढेपछि कसको तलव कति ?

    सबैको तलव दुई हजार रूपैयाँले बढाइएपछि सबै कर्मचारीको साविकको तलबमा दुई हजार रूपैयाँ थपिएको छ । यो तलब साउनदेखि कार्यान्वयनमा आउनेछ ।

    बढेको तलब अनुसार अब मुख्यसचिवको ६७ हजार १४० रूपैयाँ पुगेको छ । यस्तै सचिवको ६२ हजार ६८०, सहसचिवको ४९ हजार ३८०, उपसचिवको ४२ हजार ३८०, अधिकृतको ३७ हजार ९९०, सुब्बाको ३० हजार २००, खरिदारको २८ हजार ६१० र कार्यालय सहयोगीको २४ हजार १० पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्