images
images
  • लुम्बिनी विकास बैंकको सिइओ बोहराले गरे पदबहाली

    काठमाडौं- लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः नियुक्त भएका नरेशसिंह बोहराले मंगलबार पदबहाली गरेका छन् ।

    बैंकले दोस्रो कार्यकालको लागि सिइओमा बोहरालाई २ साउनबाट लागू हुने गरी चार वर्षको पदावधिसहित नियुक्ति गरेको हो ।

    एक कार्यक्रमको आयोजना गरी बैंकले उनलाई स्वागत गरेको छ । पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनीत अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठ, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरूलगायत कर्मचारीहरूको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images