images
images
  • बर्गर हाउस शंखमुलको आउटलेट विस्तार: १५ सय बर्गर नि:शुल्क वितरण

    काठमाडौं- नेपालको सबैभन्दा ठुलो चेन रेष्टुरेन्ट, ‘द बर्गर हाउस एण्ड क्रंची फ़्राईड चिकेन’ को पहिलो आउटलेट शंखमुलको विस्तार गरेको छ ।

    युवा व्यवसायी तथा दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं ३ का अध्यक्ष वसन्त तामाङ्ग लगायतको टिमले सुरु गरेको बर्गर हाउसको देशभर १११ वटा आउटलेट संचालनमा रहेको र छिट्टै केहि समय भित्र १० वटा थपिने क्रममा रहेको संस्थापक लामाले बताए ।

    आज शाखा विस्तारको अवसरमा १५ सय बर्गर निशुल्क वितरण गरिएको छ । बर्गर हाउसले ठुलो संख्यामा रोजगारी सृजना गर्दै आएको छ। बर्गर हाउससँग सम्बद्ध विष्णु पाख्रिनले भने, ‘पहिले रेस्टुरेन्ट भन्नासाथ सम्भ्रान्त मान्छे जाने ठाउँ बुझिन्थ्यो, रिजनेबल मेन्युले गर्दा आम मानिसमा पनि बर्गर हाउसले रेस्टुरेन्ट कल्चरको विकास गरेको छ’ ।

    शहरभित्र शान्त वातावरण दिन सक्नु नै रेष्टुरेन्टको विशेषता हो। व्यस्त दिनचर्याबाट थकित भएका मनिसहरुलाई एकैछिन भए पनि शान्त वातावरण दिन सक्ने उद्देश्यले नै बर्गर हाउसको संरचना तयार गरिएको सञ्चालक लामाले जानकारी दिए।

    उनी भन्छन्( ‘सहरको जीवनशैली धेरै नै व्यस्त छ। अनि भीडभाड र कोलाहलयुक्त वातावरण छ। हामी एकैछिन भएपनि ग्राहकलाई फरक महसुस होस् भन्ने तरिकाले नै एम्बियन्स तयार पारिएको छ। उनले रेष्टुरेन्टमा खानाको हाइजिन र स्वादमा कुनै कम्प्रमाइज नगरेको बताए।’

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images