images
images
  • नेपाल टेलिकमको सेवालाई २२ प्रतिशत सेयर वितरण गरिने

    काठमाडौं । आउँदो आर्थिक वर्ष नेशनल पेमेन्ट स्वीच सञ्चालनमा ल्याइने भएको छ ।

    आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।

    विभिन्न भुक्तानी तथा कार्ड सेवाप्रदायकको कारोबार नेपालभित्रै फरफारक गर्न नेसनल पेमेन्ट स्वीच सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल क्लियरिङ हाउस लिमिटेड अन्तर्गत स्वीच स्थापनाको गृहकार्य चलिरहेको छ ।

    ‘भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्यूआर कोड लगायतका विद्युतीय भुक्तानी माध्यमबीच अन्तरआबद्धता कायम गर्दै नेपालभित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न आगामी वर्ष नेश्नल पेमेन्ट स्वीच स्थापना गरिनेछ र नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याइनेछ,’ उनको बजेट भाषणमा उल्लेख छ ।

    अर्थमन्त्री पौडेलले विद्युतीय भुक्तानीलाई सर्भसुलभ र सबैले प्रयोग गर्न सक्नेगरी विस्तार गरिने समेत बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images