images
images
  • अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको दलको हारपछि बढ्यो कच्चा तेलको मूल्य

    काठमाडौं– बुधबार बिहान अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टीको पराजयसँगै बुधबार कच्चा तेलको मूल्यवृद्धि भएको हो ।

    अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा गरी दुवै सदनमा बहुमत हासिल गरेपछि इरानसँगको युद्धबारे अमेरिकी सरकारको आगामी कदमप्रति लगानीकर्ताले चासो देखाएका छन् । जसले गर्दा तेल बजारमा उतारचढाव देखिएको हो।

    बुधबार बिहानसम्म ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८२ सेन्ट अर्थात् ०.८ प्रतिशतले बढेर १०४.४२ अमेरिकी डलर पुगेको छ ।

    त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) क्रुडको मूल्य ५० सेन्ट अर्थात् ०.५ प्रतिशतले बढेर प्रतिब्यारेल ९६.५९ डलर कायम भएको छ । यसअघि घटेको मूल्य पुनः उकालो लागेको छ ।

    यसअघि मंगलबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य झन्डै चार सातायताकै न्यून विन्दुमा पुगेर बन्द भएको थियो । युक्रेन र इरानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्ताबारे बजारका लगानीकर्ताले आकलन गरिरहेका बेला तेलको मूल्यमा गिरावट आएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images