images
images
  • सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

    काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार ६७५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images