images
images
  • स्कुटी दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्यु

    जनकपुरधाम- सप्तरीमा स्कुटी दुर्घटना हुँदा एकजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बलान बिहुल गाउँपालिका वडा नम्बर ६ रौतहटस्थित स्वास्थ्य चौकीमा कार्यरत सप्तरीकै शम्भुनाथ नगरपालिका १० बस्ने अहेब राजकुमारी साहको स्कुटी दुर्घटनामा मृत्यु भएको हो ।

    पत्थरगाडाबाट मधेश प्रदेश –०१–००४ प ३३४७ नं. को स्कुटी चलाएर राजरिवाजतर्फ आउँदै गरेकी ३० बर्षीया साह हुलाकी राजमार्ग अन्तर्गत राजगढ गाउँपालिका ५ मलेकपुरमा दुर्घटनामा परेकी थिइन् ।

    तत्कालै उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएकोमा थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पुर्‍याए लगत्तै उनको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

    उक्त दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images