३ असार २०७८, बिहीबार   |  June 17, 2021
advertisement of bishwo khabr
Tika Gurung

सबैभन्दा धेरै बजेट शिक्षामा,१ खर्ब ८० अर्ब ४ करोड विनियोजन

अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलका अनुसार ०७८।७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ।

शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ।

यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ।

एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ।

बजेटमा विश्वविद्यालयलाई दिने अनुदानअन्तर्गतको १८ अर्ब ३४ करोडसमेत समावेश छ।
शैक्षिक पूर्वाधारको कामसमेत यसमा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n