राजसंस्था र हिन्दू राष्ट्रको माग

राजसंस्था र हिन्दू राष्ट्रको माग

विश्व खबर

@BishwoKhabar

२०७८ जेठ १५ गते शनिवार १०:२६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दू राष्ट्रको माग बढ्दो क्रममा रहेको जिकिर गर्नुभएको छ । राप्रपाको ३१औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दू राष्ट्रको माग बढ्दो क्रममा रहेको जिकिर गर्नुभएको छ । राप्रपाको ३१औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दू राष्ट्रको आवश्यकतामा जोड दिनुभएको हो । विधि, संविधान र लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गर्नुभएको छ । पार्टी स्थापना दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तकमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति २०७८ जेठ १५ गते शनिवार १०:२६
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia