काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई स्पष्टीकरण सोधेको छ।
अध्यक्ष ठाकुर नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका छन् ।
जसपाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाएको चारै नेतामाथि आरोप लगाइएको छ। त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने असंवैधानिक कदममा सहयोग गरेको आरोप जसपाले लगाएको छ। जेठ ८ गते बसेको यादव पक्षको बैठकले सरकारमा सहभागी भए पार्टीबाट स्वत: निष्कासन गर्ने निर्णय गरेको थियो।
यसअघि जेठ ११ गते तीन दिनको समय दिएर सोधिएको प्रष्टीकरणको जवाफ नआएको भन्दै यादव पक्षले शनिबार दोस्रोपटक २४ घण्टाको समय दिएर जवाफ माग गरेको हो।



विश्व खबर 


















