images
images
  • गाउँपालिका कर्मचारीको लुटिएको कार भेटियो

    काठमाडौं- कैलालीमा लिफ्ट दिएर सँगै आएको भारतीय एक नचिनेको समूहले लुटेको कार भेटिएको छ ।

    कैलालीको गोदावरी नगरपालिका–५ स्थित बुढीतोलामा डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको सामग्री लुटेर भागेका थिए । उनीहरूले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिटसमेत गरेका थिए ।

    उनलाई लुटेराले बाँधेर लुटेराहरू फरार भएका थिए । प्रहरीको खोजीपछि लुटेराले लुटेको भण्डारीको प्रदेश ०१–२३–च ६०२१ नम्बरको कार भेटिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images